गण्डकी प्रदेश सभाको बैठक बस्दै, कांग्रेसले बहिस्कार गर्ने

नेपालभ्युज

गण्डकी प्रदेश सभाको बैठक बस्दै, कांग्रेसले बहिस्कार गर्ने

काठमाडौं । गण्डकी प्रदेश सभाको बैठक आज बस्दै छ । बजेटका विषयमा छलफल गर्न प्रदेश सभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । नेपाली कांग्रेसले भने सभा बैठक बहिस्कार गर्ने जनाएको छ ।

मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यसको अन्तिम किनारा नलागेसम्म संसद बैठकमा सहभागी नहुने कांग्रेसले जनाएको छ ।

मुद्दाको अन्तिम किनारा नलागेसम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनै पनि कार्यमा कांग्रेसको सहभागिता नरहने कांग्रेस संसदीय दलका प्रमुख सचेतक न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अदालतको आदेशविपरीतको काम गरे कांग्रेस संसदीय दललाई मान्य नहुने चेतावनी दिँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सरकार हुने कांग्रेसले चेतावनी दिएको छ ।

६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्री अधिकारीले ३० सांसदको समर्थन पाउँदा सभामुखले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए । यही विषयमा कांग्रेस सर्वोच्च अदालत गएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved