माइतीघरमा ‘सांस्कृतिक प्रतिरोध’ (तस्वीरहरू)

माइतीघरमा ‘सांस्कृतिक प्रतिरोध’ (तस्वीरहरू)

काठमाडौं । बहुलराष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिले सोमबार माइतीघरमा सांस्कृतिक प्रतिरोधको आयोजना गरेको छ ।

ऐतिहासिक कालदेखी औपनिवेशिक राज्यद्वारा स्वदेशी राष्ट्रहरूमाथिको साँस्कृतिक अतिक्रमणविरूद्ध राज्यलाई माफी मगाउन कार्यक्रम आयोजना गरिएको अभियन्ता सुमन सायमीले बताए ।

राजेन्द्र महतोसहित चैत्र २४ भद्रकालीमा आयोजित प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग भएको भिडन्तमा प्रहरीले ज्यादती गरेको आरोप उनीहरूले लगाउँदै आएका छन्।

उक्त प्रदर्शनमा प्रहरीले कब्जामा लिएको आफ्नो बाजागाजा अझै फिर्ता नदिएको उनीहरूको आरोप छ।

प्रदर्शनीमा विभिन्न समुदायको सांस्कृतिक बाजा बजाइएको थियो। कार्यक्रममा महतो, सायमी लगायतका नेता तथा अभियन्ताहरू उपस्थित भएका थिए।

तस्वीरहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved