भृकुटीमण्डपमा १७औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेलाका तस्वीर

भृकुटीमण्डपमा १७औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेलाका तस्वीर

काठमाडौं। वैशाख २६ गतेदेखि भृकुटीमण्डपमा १७औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मेलाको उद्घाटन गरेका थिए ।

मेलाका मुख्य आकर्षणहरूमा लघु घरेलु तथा साना उद्यमीहरूद्धारा उत्पादित एवं छरिएर रहेका मौलिक वस्तुहरूको प्रदर्शनी रहेको छ । यसैगरी महिला उद्यमीहरूद्धारा उत्पादित वस्तुहरूको छुटै प्याभिलियन मार्फत प्रदर्शनी गरिएको छ ।

मेलामा प्रा‌ङ्गारिक कृषिका उपजहरूको छुटै प्याभिलियन र उपयुक्त एवं नविन प्रविधिहरूको प्रदर्शनीसमेत रहेको छ ।

अन्तराष्ट्रियस्तरतर्फ सार्क मुलुक र चीनमा उत्पादित औद्योगिक वस्तुरूको प्रदर्शनी समेत गरिएको छ ।

२५० वटा स्टल रहेको प्रदर्शनीमा ५औं राष्ट्रिय मह मेला समेत आयोजना गरिएको छ । प्रदर्शनी यही वैशाख ३० गतेसम्म चल्नेछ।

तस्वीरहरू

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved