झापाको धार्मिक एवं ऐतिहासिक स्थल ‘किचक बध’ (तस्वीरहरू)

झापाको धार्मिक एवं ऐतिहासिक स्थल ‘किचक बध’ (तस्वीरहरू)

झापा। झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नं २ र ३ मा रहेको ऐतिहासिक एवम् धार्मिक स्थल हो, किचक बध।

हिन्दु धार्मिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार पाँच पाण्डवहरू विराट राजाको दरबारमा गुप्तबास बसेको बेला भिमसेनले यहीँ स्थानमा किचक राक्षसको बध गरेका थिए।

सदरमुकाम चन्द्रगढीबाट करिब १० किलोमिटर दक्षिणमा देवनिया र मेची नदीको किनारमा किचक बध रहेको छ । महाभारतकालिन कथामा आधारित यो क्षेत्रमा थुप्रै पुरातात्विक वस्तुहरू रहेका छन्।

यहाँ एउटा षट्कोणको आकारमा पोखरी निर्माण भएको छ। जसको छेउबाट देवनीया नदी बगेको छ।

किचक बध क्षेत्र करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको छ। यस क्षेत्रमा पुरातत्व विभागले विभिन्न चरणमा उत्खनन समेत गरेको छ। यसरी उत्खनन गर्दा विभिन्न पुरात्वातिक संरचना तथा सामग्रीहरू पाइएका छन्।

उत्खनन गरिएका अन्य स्थानहरू पुन: सुरक्षित रूपमा छोपिए पनि दुई स्थानहरू भने बाहिरबाट हेर्न मिल्ने गरी राखिएको छ।

यस क्षेत्रमा पुरातात्विक उत्खनन गर्दा ८ कोठा भएको भवनको भग्नावशेष फेला परेको थियो। अहिले यो क्षेत्र धार्मिक लगायत बिदा मनाउन र बनभोज खान आउनेको गन्तव्य बनेको छ।

तस्वीरहरू-

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved