रवि लामिछानेको किचन क्याबिनेटमा भित्रिए सुशासन विज्ञ डा. भरतमणि, सचिवालय प्रमुखको जिम्मेवारी

नेपालभ्युज

रवि लामिछानेको किचन क्याबिनेटमा भित्रिए सुशासन विज्ञ डा. भरतमणि, सचिवालय प्रमुखको जिम्मेवारी

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आफ्नो सचिवालय प्रमुखको जिम्मेवारी सुशासन विज्ञ डा. भरतमणि देवकोटालाई दिएका छन् । सरकारी सेवा सुविधा पाउने गरी जिम्मा दिइएको हो । ७ जना सचिवालयमा कार्यरत रहेकामा अब ८ जना भएका छन् ।

डा. देवकोटालाई सहसचिव सरहको सेवा सुविधा पाउने गरी ४ दिनअघि नियुक्ति दिइएको हो ।

यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका प्रमुख थिए । डा. देवकोटासँग अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनमा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ । उनले थुप्रै देशमा सेभ द चिल्ड्रेनको कन्ट्री डाइरेक्टरको जिम्मेवारी निभाएका थिए ।

डा. देवकोटाले अमेरिकाबाट विद्यावारिधि गरेका हुन् । रविको सचिवालयमा तानिएपछि सचिवालयमा कार्यवाहक प्रमुखको जिम्मेवारी यज्ञमणि न्यौपानेलाई दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved