महिला हिंसा न्यून गर्नु मेरो एजेण्डा हो : उत्तरा नेपाल

ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरुको सबै सुख, दुःखमा साथ दिने अभियानका साथ अगाडि बढेको छु। ‘सक्षम महिला, सबै भन्दा पहिला’ मेरो नारा नै रहेको छ।

महिला हिंसा न्यून गर्नु मेरो एजेण्डा हो : उत्तरा नेपाल

मध्यपुर थिमि नगरपालिकामा  नेकपा (एमाले) का तर्फबाट उपमेयरकी उम्मेदवार हुन्– उत्तरा नेपाल । उनीसँग सुनीता साखकर्मी र समृद्धा केसीले गरेको कुराकानीः

तपाईंको उम्मेदवारी किन ?

गुणस्तरीय शिक्षाको अभियानलाई निरन्तरता दिएर अगाडि बढ्नेछु । प्रत्येक अन्यायमा परेका मध्यपुरबासीलाई न्यायिक अवधारणका साथ न्याय दिनका लागि सबैको घरघरसम्म पुग्ने छु।

त्यस्तै ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरुको सबै सुख, दुःखमा साथ दिने अभियानका साथ अगाडि बढेको छु। ‘सक्षम महिला, सबै भन्दा पहिला’ मेरो नारा नै रहेको छ। यो भन्नुको अर्थ केहो भने म सँगसँगै रहेका महिला जो–जो जुन–जुन ठाउँमा सक्षम हुनुहुन्छ उहाँहरुलाई तत्तत् ठाउँमा खटाएर तत्तत् ठाउँको नेतृत्वमा पु¥याउने अभियान अगाडि बढाउनेछु ।

त्यस्तै समाजमा रहेका विभिन्न प्रकारका महिला हिंसालाई न्यूनीकरण गरेर उनीहरुलाई सामाजिक अधिकार दिलाउने मेरो एजेण्डा रहेको छ।

जुन प्रतिबद्धता गर्नु भएको छ त्यो पूरा गर्ने आधार के छ? नारा मै मात्र सीमित हुने हो कि ?

हैन, नारामा सीमित हुँदैन। हामीले बहुमत पायौं भने यी नारालाई सार्थक बनाएर छोड्ने छौँ ।

गएको २०७४ को स्थानीय निर्वाचनमा पनि एमालेले मेयर सहित ९ वटा पदमा मात्र जितीरहदा पनि उल्लेखनिय अत्याधिक कामहरु गर्ने प्रयास गरेका छौं। त्यहाँ एउटा भ्रष्टचारको जालो थियो त्यसलाई हामीले तोडेका छौं। पाँच वर्षमा हुन नसकेका कामहरु पुरा गर्ने, बन्न नसकेका कानुनहरु बनाएर ती कानुनको बिचमा टेकेर, संविधानले दिएको अधिकार प्रयोग गरेर धेरै कामहरु अगाडि बढाउने छौं र हिजोको दिनमा पनि गरेको हो।

तपाईंको नगरपालिका भित्र केके समस्या रहेका छन्?

हाम्रो नगरपालिकाको प्रमुख समस्या भनेको गएको चुनावमा अल्पमतमा रहिरहँदा स्वास्थ्य, शिक्षाको कानुन बनाउन सकेका छैनौं, हामीले सहकारीको कानुन बनाउन सकेको छैनौं, फोहोर व्यवस्था गर्ने कानुन राम्रोसँग बनाउन बनाउन सकेका छैनौं। कानुन बनाउन नसक्दा नसक्दै पनि हामीले शिक्षा र स्वास्थ्यमा उल्लेखनीय सुधार गरेका छौं। मध्यपुरको एक मात्र अस्पताल कोरियन मैत्री अस्पताललाई उल्लेखनीय सुधार गरेर नेपाल सरकारले दिएको स्वास्थ्य बीमा कार्यक्रमबाट जनतालाई सेवा दिरहेका छौं। त्यो अस्पताललाई अझै व्यवस्थित बनाउनु छ । त्यसकारण बहुमतको सरकार मागिरहेका छौं। हिजो अल्पमतमा हुँदा नेपाली काँग्रेसले एमालेले जस पाउछ भनेर धेरै कानुनहरु बनाउन दिएन। तर अब हामी उल्लेखनीय काम गरेर देखाउने छौं।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved