भोलि हुने उपनिर्वाचनको सुरक्षा तयारी पुरा, मतदातालाई अवरोध गरे प्रहरीले बल प्रयोग गर्ने

नेपालभ्युज

भोलि हुने उपनिर्वाचनको सुरक्षा तयारी पुरा, मतदातालाई अवरोध गरे प्रहरीले बल प्रयोग गर्ने

काठमाडौं । भोलि हुने उपनिर्वाचनका लागि नेपाल प्रहरीले तीन चरणको सुरक्षा योजना बनाएको छ ।

इलाम र बझाङमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको उप निर्वाचनमा निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात् गरेर ३ चरणको सुरक्षा योजना लागू गरिएको हो । नेपाल प्रहरीका एआईजी भीमप्रसाद ढकालले उप निर्वाचनका लागि २ हजार ३ सय ८७ प्रहरी परिचालन गरिएको जानकारी दिए ।

इलाममा १ हजार ३६३ जना र बझाङमा १ हजार २४ जना प्रहरी परिचालिन गरिने छ ।

उपनिर्वाचनमा प्रहरीले १२ वटा सम्भावित खतरा पहिचान गरेको छ ।

४२ वटा मतदानस्थललाई अति संवेदनशील मानिएको छ भने ६९ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

इलाममा १९ र बझाङमा २३ मतदानस्थललाई अति संवेदनशील सूचीमा वर्गीकरण गरिएको हो । अति संवेदनशील मतदानस्थलमा १२ देखि १७ जना प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ ।

प्रहरीले बल प्रयोग गर्न सक्ने अवस्था

पाँचवटा परिस्थिती आएमा बल प्रयोग गर्न निर्वाचन सुरक्षामा खटिने प्रहरीलाई अनुमति दिइएको छ ।

मतदान केन्द्रमा हिंसात्मक गतिविधि हुने पूर्वसूचना पाएमा, झगडा भएर मतपेटिका तहसनहस हुने अवस्थामा आएमा, मतदान केन्द्रमा सशस्त्र आक्रमण हुने अवस्था आएमा प्रहरी कर्मचारीले बल प्रयोग गर्न सक्नेछन् ।

त्यस्तै मतदाताहरुलाई मतदान गर्न अवरोध गरेमा प्रहरीले बल प्रयोग गर्न सक्ने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved