सन्दीप लामिछानेविरुद्धको मुद्दा फेरि स्थगित

नेपालभ्युज

सन्दीप लामिछानेविरुद्धको मुद्दा फेरि स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पुनरावेदन दिएको बलात्कारको मुद्दामा आइतबार पनि हेर्न नमिल्ने भएको छ ।

मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो ।

क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालतले ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । फैसलापछि दुवै पक्ष उच्च अदालत पाटन पुगेका छन् ।

यसअघि मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो ।

प्रत्यर्थीहरू झिकाउने आदेशमा यसअघि नै संलग्न भएपछि हेर्न नमिल्ने आदेश भएको हो । जिल्ला अदालतले सम्बन्धित स्थानीय तहबाट जन्मदर्ता सम्बन्धी कागजात फेरि झिकाउने भनी आदेश दिइसकेको थियो ।

क्रिकेटर लामिछानेले आफू निर्दोष भएको दाबी गरेका छन् । पीडित गौशाला २६ ले आफूलाई बालिग ठहर गरी लामिछानेलाई कम सजाय गरिएको भन्दै थप सजायको माग गरेकी छन् ।

अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपका लागि नेपाली टोलीको अन्तिम सूची सार्वजनिक भइसकेको छ । तैपनि सन्दीपको मुद्दा चाँडो फैला भएर उनी निर्दोष भएमा विश्वकप खेल्न सक्ने सम्भावना जीवितै छ ।

त्यसका लागि जिल्ला अदालतबाट दोषी ठहर सन्दीपलाई उच्च अदालतले निर्दोष रहेको फैसला दिनु पर्ने हुन्छ । यसले पनि पछिल्लो समय सन्दीपको मुद्दा अझ धेरै चासोपूर्वक हेरिएको छ ।

सन्दीप लामिछानेबारे रचना रिमाल : दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ


Comment

One thought on “सन्दीप लामिछानेविरुद्धको मुद्दा फेरि स्थगित

  1. हेर्न नमिलेको की नहेरेको?की फसाउने खेलमा लागेको?ए कालाकोटे तिमीहरूकोे नियत पनि कालो छ।पाइलो नम्बरमा भएको मुद्धा कसरी हेर्न नमिल्ने भो? हेर्नै मिल्दैन भने मुद्दा दर्ता किन गरेको,पेसी किन तोकेको?

    की त फैसला दे की विश्व कप खेल्न दे? छिटो न्याय दे
    सम्पूर्ण राष्ट्रभक्त खेलप्रेमी वैशाख २९ बाट आन्दोलनमा उत्रिनु पर्ने भो जेठ १ गते अदालत घेराउ गरौं नत्र यी न्यायाधीशको नाममा कलनकाहरुले फेरी कुनै वाहन गरेर सार्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved