महेश बस्नेतविरुद्धको मुद्दा तामेलीमा राखेकोबारे सरकारी वकिल कार्यालयसँग अदालतले माग्यो लिखित जवाफ

नेपालभ्युज

महेश बस्नेतविरुद्धको मुद्दा तामेलीमा राखेकोबारे सरकारी वकिल कार्यालयसँग अदालतले माग्यो लिखित जवाफ

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने सरकारी वकिल कार्यालयको निर्णयमा अदालतले लिखित जवाफ मागेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँसँग लिखित जवाफ माग्ने आदेश गरेका हुन् ।

बस्नेतविरुद्ध शोभा पाठक नाम गरेकी एक महिलाले जिल्ला प्रहरी परिसर काठमाडौँमा बलात्कार र भ्रूण हत्याविरुद्धको जाहेरी दिएकी थिइन् । प्रहरीले प्रमाण नपुगेको भन्दै जाहेरी नलिएपछि उनले हुलाकमार्फत दिएकी थिइन् ।

हुलाकमार्फत पाएको उजुरी सरकारी वकिल कार्यालय काठमाडौंले तामेलीमा राख्ने निर्णय गरेको थियो । वैशाख ४ मा वकिल कार्यालयले प्रमाण पुगेका बखत मुद्दा चल्ने बताएको थियो ।

अदालतले १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय पाटनमार्फत सबुद प्रमाणसहित लिखित जवाफ पेस गर्न भनेको छ ।

सो मुद्दामा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता इन्द्र प्रसाद अर्यालले बहस गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved