सिरोहियालाई थप ५ दिनको म्याद थप्न सिफारिस

नेपालभ्युज

सिरोहियालाई थप ५ दिनको म्याद थप्न सिफारिस

काठमाडौं । सरकारी वकिल कार्यालय, धनुषाले कान्तिपुर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न गर्न सिफारिस गरेको छ ।

सिरोहियासँग बयान लिएपछि थप ५ दिनको म्याद थप्न सिफारिस गरिएको जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालले जानकारी दिए ।

धनुषा जिल्ला अदालतले सिरोहियालाई हिरासतमा राख्न दिएको तीन दिनको म्याद आज सकिदैँछ ।

यता, सिरोहियाको पक्षमा शम्भु थापासहित ५ वरिष्ठ अधिवक्ता र ७ जना अधिवक्ताले आज अदालतमा बहस गर्ने बुझिएको छ ।

नागरिकता कीर्तेसम्बन्धी कसुरमा सिरोहियालाई काठमाडौंबाट पक्राउ गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved