एमालेबाट विराटनगर उपप्रमुख पदकी उम्मेदवार कार्कीविरुद्ध छानबिन शुरु

‘स्थानीय तह निर्वाचन निर्देशिका-२०७९’ अनुसार सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरि कुनै लाभको पद धारण गरेको व्यक्ति निर्वाचनमा उम्मेदवार उठ्न पाउँदैन्।

एमालेबाट विराटनगर उपप्रमुख पदकी उम्मेदवार कार्कीविरुद्ध छानबिन शुरु

विराटनगर। नेकपा एमालेबाट विराटनगरको उपप्रमुख पदकी उम्मेदवार शिल्पा निराला (कार्की)विरुद्ध परेको उजुरी उपरको छानबिन शुरु भएको छ।

कोशी अस्पताल विकास समितिको सदस्य पदमा रही महानगरको उपप्रमुख पदमा उम्मेदवारी दिएको भन्दै मंगलबार परेको उजुरी उपर मुख्य निर्वाचन अधिकृतको कार्यालयले छानबिन शुरु गरेको हो।

मंगलबार जसपा विराटनगर महानगर कमिटीका अध्यक्ष एवं सत्ता गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवारसमेत रहेका अमरेन्द्र यादवले कार्कीविरुद्ध लिखित उजुरी गरेका थिए। उनीमाथि कोशी अस्पताल विकास समितिको सदस्य रहँदारहँदै आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगरको उपप्रमुख पदमा उम्मेदवारी दिएको आरोप छ।

उजुरी परेपछि हाल मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्कीलाई ‘उनको उम्मेदवारी खारेज किन नहुनुपर्ने हो ?’ विषयको जवाफसहित कार्यालयमा उपस्थित हुन आदेश गरेको छ। उनी उपस्थित भइसकेपछि आवश्यक सोधपुछसहितको प्रक्रिया शुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।

‘स्थानीय तह निर्वाचन निर्देशिका-२०७९’ अनुसार सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरि कुनै लाभको पद धारण गरेको व्यक्ति निर्वाचनमा उम्मेदवार उठ्न पाउँदैन्।

उम्मेदवारीका लागि त्यस्ता व्यक्तिले उक्त पदबाट राजिनामा दिनुपर्छ। तर, महानगरको उपप्रमुख पदको उम्मेदवार रहेकी कार्कीले उक्त निर्देशिकाको हितविपरीत सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएकी थिइन्।

कोशी अस्पताल विकास समितिको सदस्य पदमा कार्यरत कार्कीले ‘अस्पताल विकास समिती गठन आदेश–२०७६’ बमोजिम प्रदान गरिने सम्पुर्ण सेवा सुविधासमेत बुझ्दै आएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार बैठक र कार्यालयको कामको शिलशिलामा अन्यत्र जानुपरेमा कार्कीले भ्रमण भत्ता बुझ्दै आइरहेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved