धनकुटामा माइक्रो बस दुर्घटना हुँदा ७ जना गम्भीर घाइते

नेपालभ्युज

धनकुटामा माइक्रो बस दुर्घटना हुँदा ७ जना गम्भीर घाइते

काठमाडौं । धनकुटाको च्याङच्याङबारीमा माइक्रो बस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन्।

काठमाडौंबाट संखुवासभाको खादबारी जाँदै गरेको बा ५ ख ७२४ नम्बरको माइक्रो बस शनिबार बिहान दुर्घटना हुँदा ७ जना भने गम्भीर घाइते भएका छन् ।

धनकुटाका ट्राफिक प्रहरी इन्चार्ज चन्द्रकुमार फाजू श्रेष्ठका अनुसार उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

चालकसहित २० जना यात्रु सवार माइक्रो धनकुटा नगरपालिका-९ स्थित च्याङच्याङबारीमा बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनापछि गाडी चालक हरिशरण आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी सडकबाट करिब ७५ फिट तल खसेको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved