मोरङका तीन पालिकामा एमालेले छान्यो सर्वसम्मत उम्मेदवार

जिल्लाका १७ पालिकाका १५९ वडामध्ये ५५ वडाका अध्यक्षका उम्मेदवारको नामसमेत सर्वसम्मत सिफारिस भएको एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिए।

मोरङका तीन पालिकामा एमालेले छान्यो सर्वसम्मत उम्मेदवार

विराटनगर। मोरङमा नेकपा एमालेको तर्फबाट आगामी स्थानीय तह निर्वाचन मेयर तथा अध्यक्षमा उठ्न तीन ओटा पालिकाका प्रमुख सर्वसम्मत सिफारिस भएका छन्।

मोरङका १७ पालिकामध्ये रंगेलीमा दिलिप बगडीया, धनपालथानमा मुसहरु मण्डल र जहदामा जयनरथ गिरी (कृष्ण) सर्वसम्मत सिफारिस भएका हुन्।

जिल्लाका १७ पालिकाका १५९ वडामध्ये ५५ वडाका अध्यक्षका उम्मेदवारको नामसमेत सर्वसम्मत सिफारिस भएको एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिए।

सचिव खतिवडाका अनुसार सर्वसम्मत सिफारिस नभएका पालिका र वडाका लागि थप तीन दिनको म्याद दिइएको छ। शुक्रबार जिल्ला संयन्त्रको बैठकले विशेष निर्देशन गर्दै ६ ओटै निर्वाचन क्षेत्रमा संयन्त्र तयार पारिएको छ।

निर्वाचन क्षेत्रमा रहेका स्थायी समिति सदस्य, केन्द्रीय समिति सदस्य, जिल्लाका पदाधिकारी सम्मिलित सिफारिस संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरिएको हो। यो संयन्त्रले पालिका प्रमुखदेखि वडाध्यक्षसम्मका उम्मेदवार सर्वसम्मत बनाउने प्रयास गर्नेछ।

नेकपा एमालेले सर्वंंसम्मत प्रमुखको टुंगो लगाएको पालिका रंगेलीमा नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका दिलिप अग्रवाल (बगडिया) सर्वसम्मत उम्मेदवार बनेका छन्। त्यस्तै, जहदा गाउँपालिकामा जयनरथ गिरी (कृष्ण) प्रमुख र अनिता सोरेन उपप्रमुखमा सर्वसम्मत छनोट भएका छन्। धनपालथान गाउँपालिकामा पनि प्रमुखको लागि मुसहरू मण्डल सर्वसम्मत सिफारिस भएका छन्।

तल्लो तहबाट पनि नाम टुंगो लगाउन नसकेका पालिका तथा वडाका लागि शुक्रबार तयार गरेको संयन्त्रले काम गर्नेछ। सर्वससम्मत नाम टुंगो लगाउने विषयलाई केन्द्रमा राखेर एमालेले निर्वाचन केन्द्रित अभियान चलाइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved