तमलोपा अध्यक्ष बने वृशेषचन्द्र लाल

जसपा विभाजित भएपछि महन्त ठाकुर नेतृत्वमा लोसपा नयाँ दल बनेको थियो। लोसपाको पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै केही दिनअघि नेता लाल र डा. सिंहले पार्टी परित्याग गरेका थिए।

तमलोपा अध्यक्ष बने वृशेषचन्द्र लाल

जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका वृशेषचन्द्र लाल तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को अध्यक्ष भएका छन् ।

जनकपुरधाममा आइतबार आयोजित तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय भेलाबाट उनलाई अध्यक्ष पदको जिम्मेवारी दिइएको हो ।

त्यसैगरी तमलोपाका वरिष्ठ नेता संविधानसभा सदस्य डा. विजय कुमार सिंहलाई बनाइएको छ ।

महन्त ठाकुर नेतृत्वको तमलोपा हुँदा लाल उपाध्यक्ष रहेका थिए। पछि समाजवादी फोरम र तमलोपासहितका ६ दल मिलेर बनेको राजपा एकता भएपछि जसपा बनेको थियो।

जसपा विभाजित भएपछि महन्त ठाकुर नेतृत्वमा लोसपा नयाँ दल बनेको थियो। लोसपाको पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै केही दिनअघि नेता लाल र डा. सिंहले पार्टी परित्याग गरेका थिए।

पार्टीका अध्यक्ष रविशंकर लाल कर्णको अध्यक्षतामा भएको केन्द्रीय भेलाबाट लालसहित ५५ सदस्यीय कार्य समिति घोषणा गरेका छन् । अध्यक्षमा लाल र वरिष्ठ नेतामा डा. सिंह बाहेक सबैलाई सदस्य पदमा राखिएको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टीको यो भेला मधेश आन्दोलनमा सहभागी भएकै कारणबाट चलाइएको सबै मुद्दाहरुको खारेजी र कारागारमा रहेकाहरुको तत्काल रिहाइलगायतका मागहरु राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved