सरकारलाई बलियो बनाउने गरी विधेयकहरु अगाडी बढाउनुपर्छः मन्त्री शर्मा

नेपालभ्युज

सरकारलाई बलियो बनाउने गरी विधेयकहरु अगाडी बढाउनुपर्छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारलाई बलियो बनाउनेगरी विधेयकहरु अगाडी बढाउनुपर्ने बताएकी छन् ।

बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रशारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको छलफलका क्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सरकार बलियो हुनुपर्ने धारणा राखिन् । उनले जुन पार्टीको सरकार भएपनि र जो व्यक्ति मन्त्री भएपनि सरकार बलियो हुनुपर्ने बताईन् ।

विधेयकको छलफलका क्रममा बोल्दै सांसदहरुले राज्यले सञ्चालन गर्ने मिडियाहरुको सञ्चालक समिति अध्यक्षमा मन्त्री र सचिवलाई नराखी सभामुख अथवा राष्ट्रिय सभा अध्यक्षलाई बनाएर स्वतन्त्र निकाय बनाउनुपर्ने कुरा राखेपछि उनले यस्तो बताएकी हुन् । राज्यका ठूला पदीय दायित्वमा भएका व्यक्तिहरुलाई यस्ता समितिहरुमा राख्नु नहुने मन्त्री शर्माको धारणा छ ।

उनले भनिन्, ‘सरकारले गरेका काम, कारबाही गलत छन् भने त्यसलाई नियमन गर्ने, नियमनकारी रुपमा जाने, आलोचना गर्ने एउटा पार्ट हो । तर सरकार बलियो हुनुपर्छ । जस्कोसुकै पार्टीकोमा होस्, जोसुकै मन्त्री होस् । जो जेसुकै होस् । सरकार बलियो हुनुपर्छ भन्ने धारणा अनुरुप नै हामी अगाडी जानुपर्छ जस्तो लाग्छ । यस्तोमा ठूलो पदीय दायित्वका व्यक्तिहरुलाई इन्गेज गराउने कुरा गम्भिरतापूर्वक सोचौँ भन्ने मेरो आग्रह छ ।’

उनले सरकारले ल्याएको सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकलाई छिटो पारित गर्नुपर्नेमा जोड दिईन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved