तीन अर्ब भुक्तानी नपाएपछि भारतले काट्यो नेपालको इन्टरनेट, अधिकांश ठाउँमा सेवा ठप्प

नेपालभ्युज

तीन अर्ब भुक्तानी नपाएपछि भारतले काट्यो नेपालको इन्टरनेट, अधिकांश ठाउँमा सेवा ठप्प

काठमाडौं । इन्टरनेट सेवा प्रदायक नेपालका केही ठुला कम्पनीहरूको सेवा अहिले बन्द छन् । अपराह्न ४ बजेपछि बजे एकैसाथ बन्द भएको ती इन्टरनेट सेवाहरूले अधिकांश मानिसलाई विचलित तुल्यायो ।

सेवा अवरुद्ध भएपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमा तारान्तर फोन गए । उनीहरूले आफ्ना ग्राहकलाई केही प्राविधिक समस्या भएको जवाफ फर्काइरहेकाछन् ।

यद्यपि, एक सञ्चालकले नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले ९ महिनादेखि भारतीय कम्पनीको रकम भुक्तानी नगरेको कारण सेवा बन्द गरिदिएको नेपाल भ्युजलाई बताएका छन् ।

अहिले नेपालका ठुला इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक, भायनेट, सुबिसुलगायतका सेवा बन्द छन् । गत साता इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पानले सरकारले विदेशी मुद्रा सटहीको सिफारिस रोकिरहे सेवा ठप्प पार्ने चेतावनी दिइएको बताएको छ ।

सोहीनुरुप ठिक एक सातामा नेपालको ब्यान्डविथ काटिएको छ । ब्यान्डविथ प्रयोग गरेबापत नेपालले भारतीय कम्पनीलाई करिब ३ अर्ब रुपैयाँ तिर्न बाँकी छ ।

एक सेवा प्रदायक भन्छन्, ‘९ महिनादेखि भुक्तानी नदिएपछि काट्छन् त, यसमा विदेशी मुद्रा सटही सम्बन्धिका सिफारिसको कुरा पनि कारण देखिएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved