यी हुन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाका चार नीतिगत व्यवस्था

नेपालभ्युज

यी हुन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाका चार नीतिगत व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । केही नीतिगत व्यवस्थाहरूमा फेरबदल गर्दै र केहीलाई यथावत् राख्दै बैंकले तेस्रो समीक्षा सार्वजनिक गरेको हो ।

जसअनुसार केही व्यवस्थाहरू यस प्रकार रहेका छन् ।

१. बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेको हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशतमा राखिएको छ ।

२. बैंक तथा वित्तीय संस्थाहरूको १ वर्ष अवधि व्यतीत भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइएको छ ।

३. बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरूको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १२५ प्रतिशतबाट घटाई १२० प्रतिशतमा झारिएको छ ।

४. घरजग्गा खरिद प्रायोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेको आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशतमा कायम गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved