जारी सिरिजमा मेरो ब्याटबाट राम्रो रन निस्किरहेको छ : रोहित

नेपालभ्युज

जारी सिरिजमा मेरो ब्याटबाट राम्रो रन निस्किरहेको छ : रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जारी टी २० सिरिजमा आफूले राम्रो खेलिरहेको र आफ्नो ब्याटबाट राम्रो रन निस्किरहेको बताएका छन् ।

खेलपछि पत्रकारहरुसँग कुरा गर्दै कप्तान पौडेलले आफूलाई गुड डेलाई ग्रेट बनाउनुपर्छ भन्ने लागेर खेलिरहेको बताए ।

अझै धेरै राम्रो गर्न आवश्यक रहेको र सोहीअनुसार खेलिरहेको उनको भनाई छ ।

उनले पहिलो खेलमा नै राम्रो गरेकाले आत्मविश्वास बढिरहेको जानकारी दिए ।

आजको खेलमा सुरुवाती ब्याट्सम्यानबाट राम्रो रन नआएको र सुरुवाती चरणमा राम्रो गर्न आवश्यक रहेको बताए ।

बिहीबारको खेलमा बलिङमा स्पिनरहरुले राम्रो गर्नसकेको भए १८० सम्मको टार्गेट बन्ने अनुमान रहेको बताए ।

आजको खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग २८ रनले पराजित भएको थियो ।

चौथो खेलमा पनि नेपाल पराजित, सिरिज वेस्ट इन्डिज ‘ए’ को कब्जामा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved