कांग्रेससहित विपक्षी दलको बैठक जारी

नेपालभ्युज

कांग्रेससहित विपक्षी दलको बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरुको बैठक बसिरहेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको कांग्रेस सभापति शेरबहादुर देउवाकाे कार्यकक्षमा विपक्षी दलहरुको बैठक जारी छ ।

संसद्‌मा जारी अवरोधपछि उत्पन्न परिस्थितीका बारेमा छलफल गर्न कांग्रेसले विपक्षी दलहरुलाई बोलाएको हो । संयुक्त रणनीति बनाउने कांग्रेसको रणनीति छ ।

बैठकमा देउवासहित लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा, राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीलगायत नेताहरु सहभागी छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved