सरकारको विपद् पूर्वतयारी सन्तोषजनक भएन : योगेश भट्टराई

उनले विपद् प्राधिकरणलाई पर्याप्त बजेट नपुगेको बताए । प्राधिकरणलाई वार्षिक १८ करोड रुपैयाँ छुट्याइएको र १५ करोड साधारण खर्च रहेको भन्दै प्राधिकरणले सो बजेटमा कुनै काम गर्नसक्ने अवस्था नरहेको बताए ।

नेपालभ्युज

सरकारको विपद् पूर्वतयारी सन्तोषजनक भएन : योगेश भट्टराई
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका सांसद एवं सचिव योगेशकुमार भट्टराईले सरकारको विपद् पूर्वतयारी सन्तोषजनक नरहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जलवायु परिवर्तनका कारण पूर्वअनुमान नै गर्न नसक्ने गरी मौसमहरु प्रतिकूल हुँदै गएकाले त्यसको असर आम मानिसहरुमा परिरहेको बताए ।

उनले विपद् प्राधिकरणलाई पर्याप्त बजेट नपुगेको बताए । प्राधिकरणलाई वार्षिक १८ करोड रुपैयाँ छुट्याइएको र १५ करोड साधारण खर्च रहेको भन्दै प्राधिकरणले सो बजेटमा कुनै काम गर्नसक्ने अवस्था नरहेको बताए ।

विपद् उद्धारका लागि दक्ष जनशक्ति र पर्याप्त स्रोत साधन पनि नरहेको बताए ।

भट्टराईले भूकम्पलाई छोडेर बाढी, पहिरो, चट्याङ जस्ता प्राकृतिक विपत्तिबाट वार्षिक ५ सय मानिसको अकालमा मृत्यु हुने गरेको भन्दै सरकारले गम्भीरताका साथ व्यवस्थापन गर्न माग गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved