काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
धनुषाको जनकपुरधाममा जारी महाधिवेशन अन्तर्गत आज मतदान हुन लागेको हो । उपेन्द्र यादव अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन् । अध्यक्षबाहेक सबै पदाधिकारीमा मतदान हुन लागेको हो ।
२० पदाधिकारीसहित २०१ जनाको केन्द्रीय समितिका लागि निर्वाचन हुन लागेको हो । दिउँसो १२ बजेदेखि मतदानको समय निर्धारण गरिएको छ । यसअघि हिजो अपरान्ह ४ बजेदेखि ८ बजेसम्म मतदानको समय तोकिएपनि सहमतिको प्रयास गर्ने क्रम जारी रहेकाले मतदानको प्रक्रिया स्थगित गरी आजका लागि सारिएको निर्वाचन समितिले जनाएको छ ।
पार्टीको सहअध्यक्षमा लालबाबु राउत, राजकिशोर यादव र रकम चेम्जोङले उम्मेदवारी दिएका छन् । पाँच उपाध्यक्षका लागि १७ पुरुष र ६ महिलाको उम्मेदवारी परेको छ।
यसैगरी महासचिवमा बोमबहादुर दर्लामी मगर, रामकुमार शर्मा, विजयकुमार, मनिष सुमन र अशोककुमार यादवले उम्मेदवारी दिएका छन् । उपमहासचिवमा खुलातर्फ ९ र महिलातर्फ ३ जनाको उम्मेदवारी परेको छ ।
यसैगरी सात सचिव पदका लागि ३४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्ष एक पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । बाँकी १८१ केन्द्रीय सदस्य पदका लागि भने विभिन्न ‘क्लष्टर’मा उम्मेदवारी परेको
Facebook Comment
Comment