ओखलढुङ्गा मोलुङ–५ का वडाध्यक्ष कार्कीको निधन, पालिकाभर शोक बिदा

नेपालभ्युज

ओखलढुङ्गा मोलुङ–५ का वडाध्यक्ष कार्कीको निधन, पालिकाभर शोक बिदा

काठमाडौं । ओखलढुङ्गा जिल्ला मोलुङ गाउँपालिका वडानम्बर ५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएको छ ।
५० वर्षीय वडाध्यक्ष कार्कीको बुधबार बेलुका निधन भएको हो ।

उनी हड्डीको क्यान्सरबाट पीडित भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका थिए ।

कार्कीका श्रीमतीसहित एक छोरा, एक छोरी रहेका छन् ।

गत स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए ।

वडाध्यक्ष कार्कीको निधनको शोकमा मोलुङ गाउँपालिकाले बिहीबार एक दिन गाउँपालिका अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved