टी–२० अलराउन्डर वरियतामा दिपेन्द्रको छलाङ

नेपालभ्युज

टी–२० अलराउन्डर वरियतामा दिपेन्द्रको छलाङ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११औं स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसीसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४ स्थान सुधार गर्दै ११औं स्थानमा पुग्न सफल भएका हुन् ।

त्यसैगरी ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औं स्थानमा उक्लिएका छन् ।

ऐरी हाल ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् ।

उनले उक्त प्रतियोगताअन्तर्गत कतारविरुद्धको खेलमा एकै ओभरमा छ छक्का प्रहार गरेका थिए ।

ब्याट्सम्यानको नयाँ वरियतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औं स्थानमा रहँदा आसिफ शेख ३६ स्थान सुधार गर्दै ७५औं स्थानमा उक्लेका छन् ।

त्यस्तै, कुशल मल्ल नौ स्थान सुधार गर्दै १००औं स्थानमा पुगेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved