खड्काको पराजयपछि कांग्रेसभित्र खैलाबैला, पार्टीको भोट मुढामा गएको विश्लेषण

नेपालभ्युज

खड्काको पराजयपछि कांग्रेसभित्र खैलाबैला, पार्टीको भोट मुढामा गएको विश्लेषण

काठमाडौं । नेपाली कांग्रेसका इलाम जिल्ला सभापति डम्बर खड्काले चुनाव हारसँगै कांग्रेस भित्र खैलाबैला सुरु भएको छ ।

संस्थापन पक्षले पार्टी भित्रको आदीवासी जनजातीको भोट स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमलाई गएको अड्कलबाजी गरेको छ । थेगिम मुढा चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

उनले ११ हजार ४ सय ५७ मत ल्याएका छन् । पहिचानवादी पक्षधर मानिएका थेगिम निर्वाचनमा तेस्रो स्थानमा रहे ।

कांग्रेसको पराजयलाई इतर समूहले भने कार्यकताको चाहना विपरित उम्मेदवार उठाएको भन्दै नेतृत्वको कमजोरीलाई कारक मानेको छ ।

इतर समूहले उम्मेदवार चयनमा भएको कमजोरीका कारण निर्वाचन हार्नुपरेको विश्लेषण गरेको छ । महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाले भेषराज आचार्यलाई उम्मेदवार बनाउन अन्तिम समयसम्म पनि बल गरेको थिए ।

तर सभापति शेरवहादुर देउवा सामु इतर समूहको केही लागेन अन्ततः खड्काले नै टिकट पाए। खड्का तिनै उम्मेदवार हुन जो अघिल्लो निर्वाचनमा पनि एमालेका स्वर्गिय नेता सुवास नेम्वाङसँगो झिनो मतान्तरमा पराजित भएका थिए ।

यसपटकको उपनिर्वाचनमा उनै नेम्वाङका कान्छा छोरा सुहाङसँग पनि खड्का पराजित भए त्यो पनि फरालिको अन्तरमा   । उनी बाबु र छोरा दुवैसँग चुनाव हार्ने उम्मेदवार बनेका छन् ।

निर्माण व्यवयायीसमेत रहेका खड्का कांग्रेसका इलाम जिल्ला सभापति हुन् । साथै उनी नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष पनि हुन् ।

२०७९ को निर्वाचनमा कांग्रेसका खड्का नेकपा (एमाले)का उपाध्यक्ष स्वर्गिय सुवासचन्द्र नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजित भएका थिए ।

सुहाङले २७ हजार ७७२ मत ल्याए भने दोस्रो स्थानका खड्काले २१ हजार ९४२ मत पाए । मतान्तर बढेर ५ हजार ८३० मत पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved