दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस सल्यानमा दुर्घटना

दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस सल्यानमा दुर्घटना

सुर्खेत । सल्यानमा बुधबार बिहान करिब ११ बजे बस दुर्घटना भएको छ । दुर्घटनामा १ दर्जनभन्दा धेरै यात्रु घाइते भएका छन् ।

घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यानको बाग्चौर नगरपालिका–२ ठिनबाङ खोलाको पुलमा दुर्घटना भएको हो ।

घटनामा घाइते भएकालाई जिल्ला अस्पताल सल्यान लगिँदै गरेको प्रहरी नायब उपरीक्षक नविन कार्कीले जानकारी दिए।

अहिलेसम्म १४ जना घाइते निकालेर उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved