मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री कँडेल, बिहीबार विश्वासको मत लिने तयारी

मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री कँडेल, बिहीबार विश्वासको मत लिने तयारी

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेर विश्वासको मत लिने भएका छन् ।

सत्ता साझेदार दल नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

गत चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका कँडेलले चैत्र २८ गते शपथसँगै पदभार ग्रहण गरेका थिए । मुख्यमन्त्री कँडेल दुई हप्तादेखि आठ वटा मन्त्रालय सम्हाल्दै आइरहेका छन् ।

बिहीबार (बैशाख १३) गते विश्वासको मत लिनका लागि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने प्रयोजनका पत्र पठाएको संसद् सचिवालयले जनाएको छ ।

कँडेलले विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

माओवादीले लिने मन्त्रालयको भागबन्डा टुंगिएसँगै भोली बुधबार माओवादीबाट मन्त्रीले शपथ लिने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए ।

‘मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि मन्त्री मण्डलको विस्तार हुन्छ’, उनले भने, ‘यसका लागि माओवादीबाट मन्त्री हुनेको नाम टुङ्गो लाग्न बाँकी छ ।’

माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने भएको छ ।

एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved