कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदैँ, मन्त्रालयको भागबण्डा टुंगिएको दाबी

नेपालभ्युज

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदैँ, मन्त्रालयको भागबण्डा टुंगिएको दाबी

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् ।

गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका कँडेलले आज विश्वासको मत लिन लागेका हुन् ।

दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ । विश्वासको मत प्राप्त गर्न मुख्य मन्त्री कँडेलले मन्त्रालय बाँडफाँटको विषयमा सत्ता गठबन्धन दलभित्र भागबन्डामा सहमति जुटाइसकेका छन् ।

मन्त्रालय भागबन्डा टुंगिए पनि मन्त्री भने टुंगिसकेको छैन ।

बुधबार माओवादी केन्द्रले रणसिंह परियारलाई सरकारमा पठाइसकेको छ । परियारले हिजै विना विभागीय मन्त्रीका रुपमा सपथ लिइसकेका छन् ।

४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको १३, एमालेको १० र एकीकृत समाजवादीका १ सांसद छन् ।

प्रदेशमा नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सांसदको समर्थन चाहिन्छ । सत्ता गठबन्धनसँग २४ सांसद छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved