पत्रकारहरुको न्युनतम पारिश्रमिक बढाउने कुरामा पहलकदमी लिन्छुः मन्त्री गिरी

नेपालभ्युज

पत्रकारहरुको न्युनतम पारिश्रमिक बढाउने कुरामा पहलकदमी लिन्छुः मन्त्री गिरी

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकारहरुको न्युनतम पारिश्रमिक बढाउने कुरामा आफू लागिपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गिरीले सो कुरा बताएका हुन् ।  मन्त्री गिरीले मिडिया काउन्सिललगायतका मिडियासँग सम्बन्धित कानूनहरु छिटो पारित गराउन पनि आफूले विशेष ध्यान दिने आश्वासन दिए । श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा पनि आफूले सक्दो पहल गर्ने मन्त्री गिरीको भनाई थियो । उनले नेपाली मिडियाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा राजनीतिक दलहरुसँगै महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै त्यसको संस्थागत विकासमा पनि उत्तिकै चनाखो भएर लाग्नुपर्ने खाँचो औंल्याए ।

‘श्रमजीवि पत्रकार ऐन बन्यो । कार्यान्वयन भएको छैन । सही हो । यसमा के कमी छन्, यसलाई कार्यान्वयन गर्नका लागि के गर्नुपर्ने हो ? यस विषयमा पनि मैले आफ्नो ठाउँबाट पहलकदमी लिनेछु’ मन्त्री गिरीले भने, अब मिडिया काउन्सिल विधेयकको अलवा मिडियासँग सम्बन्धित ५÷६ वटा विधेयकहरु छन् । तीनको अवस्था हेरेर त्यसलाई छिटो समितिहरुमा लैजाने, समितिहरुबाट छिटो टुंग्याउने, अगाडि बढाउने कुराको सन्दर्भमा पनि मैले  विशेष ध्यान दिएर काम गर्ने साथीहरुको बीचमा  अनुरोध गर्न चाहन्छु ।’

मन्त्री गिरीले पत्रकारहरुको सामाजिक सुरक्षाका विषयमा पनि सरकारले विशेष ढंगले सोच्नुपर्ने बेला आएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved