प्राकृतिक ‘माउथवास’ ले भगाउनुहोस् मुखका ब्याक्टेरिया

नेपालभ्युज

प्राकृतिक ‘माउथवास’ ले भगाउनुहोस् मुखका ब्याक्टेरिया

एजेन्सी । दाँतलाई सफा र स्वस्थ राख्न तपाईंले ब्रससँगै विभिन्न माउथवासले कुल्ला पनि गर्नुहुन्छ । यसले दाँतमा फसेका फोहोर बाहिर निकाल्ने काम गर्छ ।

तर, तपाईं बजारमा पाइने क्यामिकलयुक्त माउथवासको साटो घरमै प्राकृतिक तरिकाले पनि माउथवास बनाउन सक्नुहुन्छ । जो प्रभावकारी हुनुका साथै हानिकारक पनि हुँदैन ।

ल्वांगको पानीले मुख कुल्ला गर्नु सबैभन्दा राम्रो तरिका हो । यसले मुखमा भएका सम्पूर्ण समस्यामा काम गर्छ । यसमा सुन्निएको कम गर्ने गुण पनि हुन्छ ।

निमको पानी तितो भए पनि एकदमै धेरै एन्टीब्याक्टेरियल, एन्टीइन्फ्लामेटरी र एन्टीफंगल गुणले भरपूर हुन्छ । यसलाई माउथवासको रुपमा प्रयोग गरेर तपाईंले मुख तथा दाँतका समस्याबाट राहत पाउन सक्नुहुन्छ ।

एक गिलास पानीमा अदुवा पिसेर राख्नुहोस् । यसलाई राम्रोसँग उमाल्नुहोस् । चिसो भएपछि उक्त पानीले मुख कुल्ला गर्नुहोस् । यसले पनि प्राकृतिक माउथवासको काम गर्छ ।

करक्यूमिन नामक गुणले भरपूर बेसार पानीलाई पनि माउथवास जसरी प्रयोग गर्न सकिन्छ । यसले गिँजा स्वस्थ बनाउनुका साथै मुखमा भएका किटाणु पनि नष्ट गर्छ ।

तपाईंले सामान्य नुनपानीले मात्र कुल्ला गर्नुभयो भने पनि मुखको दुर्गन्ध तथा गिँजामा भएको सानोतिनो दुखाई कम हुन्छ । घाँटीमा भएको इन्फेक्शनमा पनि नुनपानीले कुल्ला गर्नु फाइदाजनक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved