एजेन्सी । धेरै मानिस बिहान उठेर दैनिक रुपमा कुनै बाटो वा पार्क घुम्ने गर्छन् । यही घुम्नेलाई नै कतिपयले मर्निङ वाकको नाम दिने गर्छन् । तर, के तपाईंलाई थाहा छ कि मर्निङ वाक गर्ने पनि सही तरिका हुन्छ ?
धेरै मानिसलाई मर्निङ वाक गर्ने सही तरिका नै थाहा हुँदैन । जसले गर्दा उनीहरुले मर्निङ वाकको नाममा समय बर्बाद गरिरहेका हुन्छन् । त्यसैले मर्निङ वाक गर्न सही तरिका जान्नुपर्ने हुन्छ । यसबारेमा आज हामी तपाईंलाई बताउनेछौं ।
कतिपयले सानो पार्कमा गोलो गोलो चक्कर लगाएर हिँड्ने गर्छन् । यसो गर्नु गलत हो । किनकि एउटै तरिकाले चक्कर लगाइरहँदा शरीरको एउटा हिस्सामा मात्र धेरै प्रेसर पर्छ । त्यसैले मर्निङ वाकमा सधै सिधा बाटोमा हिँड्नुपर्छ ।
जहिले पनि मर्निङ वाक गर्ने क्रममा मुट्ठी बन्द गरेर हिँड्नु हुँदैन । कतिपयले मुट्ठी बन्द गरेर हिँड्ने वा दौडने गर्छन् । यसले तपाईंको काँधमा दुखाई हुन सक्छ ।
मर्निङ वाक गर्ने क्रममा ब्रेक लिएर रोकिने गर्नु हुँदैन । यसले शरीरको रक्तसञ्चारमा गडबडी आउँछ । यदी तपाईं आधा घण्टा हिँड्नुहुन्छ भने लगातार एउटै रफ्तारमा हिँड्नुहोस् ।
जहिले पनि मर्निङ वाकको सुरुमै तेज हिँड्ने र रोकिने गर्नु हुँदैन । सुरुआतमा शरीरलाई सही तापक्रममा ल्याउन हल्का हिँड्नुहोस् र गति बढाउँदै लग्नुहोस् । त्यसपछि एउटै हिँडाईको रफ्तारमा हिँड्नुहोस् ।
यसले शरीरमा सोडियमको सन्तुलन बनाइराख्छ र खुट्टामा दुखाई महसुस पनि हुँदैन ।
Facebook Comment
Comment