राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

नेपालभ्युज

राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बोलाइएको छ । बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्ने र पारितका लागि पनि प्रस्ताव गर्ने छन् ।

नेपाली कांग्रेसले सहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग अघि सार्दै संसद्का दुवै सदन अवरोध गर्दै आएको छ । कांग्रेसको अवरोधका कारण आजको बैठक पनि प्रभावित हुने देखिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved