म्याद थपका लागि सिरोहियालाई आज अदालत पेश गरिदै

नेपालभ्युज

म्याद थपका लागि सिरोहियालाई आज अदालत पेश गरिदै

काठमाडौं । नागरिकता किर्ते गरेको अभियोगमा पक्राउ परेका सञ्चार उद्यमी कैलाश सिरोहियालाई आज अदालत पेस गरिदै छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई आज दोस्रोपटक अदालत पेस गरिन लागेको हो ।

अनुसन्धानका लागि यस अघि थपिएको ३ दिनको म्याद आज सकिने भएपछि पुन म्याद थपका लागि अदालत लैजान लागेको धनुषा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

सिरोहिया माथिको अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । नागरिकता कसुरमा सिरोहियालाई मंगलबार साँझ काठमाडौँस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी धनुषा लगिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved