टीओआरमा सहमति जुटाउने प्रयास जारी

नेपालभ्युज

टीओआरमा सहमति जुटाउने प्रयास जारी

काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाउन कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छलफलमा टीओआरमा सहमती खोज्ने प्रयास भइरहेको छ ।

बिहान साढे ८ बजे बस्ने भनिएको बैठक ढिलो गरी सुरु भएको हो । हिजो बसेको बैठकमा टीओरमै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा उल्लेख गर्नु पर्ने अडान नछाडेपछि सहमति खोज्न आज पुनः बैठक बसेको हो ।

सत्ता पक्षले भने गृहमन्त्री संलग्न रहेको भनिएका सहकारीको नाम उल्लेख गरे पनि टीओआरमा लामिछानेको नाम तोकेरै नराख्ने बताउदै आएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको रकम अपचलन तथा हिनामिनामा प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको दाबी गर्दै संसदीय छानबिन समितिको कार्यादेशमा उनको नामै उल्लेख गरिनुपर्ने अडानमा अडिग रहेको कार्यदल सदस्य जीवन परियारले बताए ।

संसदीय छानबिन समिति गठन गर्नेमा सहमति जुटेपनि टीओआर(TOR)मा कुरा नमिल्दा कांग्रेसले संसद्मा अवरोध जारी राख्दै आएकोे छ ।

आज बस्ने संसद बैठक अगावै कार्यदलमा सहमति जुटाएर सरकारले नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ । यद्यपी यसअघिका दुवै पक्षका अडानलाई हेर्दा आज पनि सहमतिको सम्भावना भने न्यून देखिन्छ । संसद बैठक ११ बजे बोलाइएको छ ।

कार्यदल सहमति जुटाउन सक्षम नभए यस विषयमा शीर्ष नेतृत्वले छलफल गर्ने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved