प्रधानमन्त्री प्रचण्ड बिहानै शीतल निवास पुगे, संसद्‌को अवरोधमा राष्ट्रपतिको चासो

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड बिहानै शीतल निवास पुगे, संसद्‌को अवरोधमा राष्ट्रपतिको चासो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सत्ता गठबन्धनको दुरी बढिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरेका छन् ।

राष्ट्रपति पौडेलसँगको भेटमा संसदमा जारी गतिरोधका विषयमा छलफल भएको बताइएको छ ।

राष्ट्रपतिलाई भेट्न प्रचण्ड बिहान शीतलनिवास पुगेका थिए । भेटमा राष्ट्रपति पौडेलले संसद्को जारी गतिरोधबारे चासो राखेका थिए । प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।

राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved