आफ्नो सम्बन्धका यी कुराहरू राख्नुहोस् गोप्य, आउनसक्छ दरार

नेपालभ्युज

आफ्नो सम्बन्धका यी कुराहरू राख्नुहोस् गोप्य, आउनसक्छ दरार

काठमाडौं । स-साना झगडा हरेक सम्बन्धमा हुन्छ । तर, यदि यी झगडा बढ्न थाल्छन् भने यसको कारण जान्नु जरुरी हुन्छ । हामी सबैलाई थाहा छ, कुनै पनि सम्बन्धको आधार विश्वासमा टिकेको हुन्छ । विश्वास टुट्यो भने सम्बन्ध पनि टुट्न सक्छ ।

खास गरी जोडीको कुरा गर्ने हो भने कहिलेकाहीँ सानो गल्तीले पनि सम्बन्धलाई खतरामा पार्छ ।

जब हामी तेस्रो व्यक्तिलाई हाम्रो सम्बन्धको रहस्य बताउँछौँ सम्बन्ध झनै् बिग्रन सक्छ । यस कारणले भनिन्छ कि तपाईंले आफ्नो सम्बन्धको बारेमा केही कुरा अरू कसैलाई भन्नु हुँदैन ।

पारिवारिक कलह

यदि तपाईंको पार्टनरसँग झगडा छ वा उसको परिवारसँग मिल्नुहुन्न भने यो कुरा तेस्रो व्यक्तिलाई नभन्नुहोस् । यो तपाईंको परिवारको कुरा हो, जसलाई तपाई र पार्टनरले मात्र समाधान गर्न सक्नुहुन्छ ।

आर्थिक अवस्था

यदि तपाईंको आर्थिक अवस्था अलि खराब छ भने यो कुरा तपाई र तपाईंको पार्टनरमा मात्र सीमित राख्नुहोस् । यदि तपाईंले यो कुरा अरू कसैलाई भन्नुभयो भने पार्टनरलाई नराम्रो लाग्न सक्छ ।

पार्टनरको कमीकमजोरी

यदि पार्टनरमा कुनै कमी छ भने कुरा गरेर त्यसलाई हटाउनुहोस् । यो कुनै पनि तेस्रो व्यक्तिलाई कहिल्यै नभन्नुहोस् किनभने केवल तपाईं वा पार्टनरले कमीलाई हटाउन सक्नुहुन्छ । तेस्रो व्यक्तिले तपाईंको कुरा सुनेर मजाक उडाउन सक्छ ।

पार्टनरको गोप्य कुरा

आफ्नो पार्टनरको गोप्य कुरा साथीहरूलाई पनि नभन्नुहोस् । केही कुरा तपाईं र पार्टनरको बिचमा रहनुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved