विश्वकप खेल्ने आधा टोली आज राति वेष्टइण्डिज जाँदै

नेपालभ्युज

विश्वकप खेल्ने आधा टोली आज राति वेष्टइण्डिज जाँदै

काठमाडौं । जुनमा  हुने आईसीसी टी-२० विश्वकप खेल्न नेपाली क्रिकेटको आधा टोली शनिबार राति वेष्टइण्डिजतर्फ जादैछ । बाँकी १२ जनाको टोली आइतबार दिउँसो  जाने बताइएको  छ ।

शनिबार राति २ बजे ७ खेलाडी र ४ अफिसियल गरी ११ जना कतार हुँदै वेष्टइण्डिजतर्फ जान लागेका हुन्  ।

शनिबार राति ओपनर कुशल भुर्तेल, आसिफ शेख, तीव्र गतिका बलर करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, स्पिनर ललितनारायण राजवंशी, फिटनेश ट्रेनर अब्दुल सतार, सहायक प्रशिक्षक वसन्त शाही, ब्याटिङ प्रशिक्षक नन्दन फिड्निस, म्यानेजर प्रदीप मजगैयाँ र बलिङ प्रशिक्षक रोडिरिक इस्ट्विक जानेछन् ।

यस्तै आइतबार दिउँसो  कप्तान रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, प्रतिश जिसी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, कुशल मल्ल, मुख्य प्रशिक्षक मोन्टी देशाई, टेक्निकल एनालिष्ट रमन शिवाकोटी र फिजियो बिक्रम न्यौपाने जानेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति नै नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको थियो । शुक्रबार नेपालले वेष्टइण्डिज ए सँगको पाँचौं तथा अन्तिम टी-२० खेल खेल्दै ६ विकेटको जित हात पारेको थियो ।

विश्वकप २ जुनदेखि अमेरिका र वेष्टइण्डिजमा हुनेछ । समूह डी मा रहेको नेपालले २०१४ पछि टी-२० विश्वकप खेल्दैछ ।

नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग अमेरिकाको डल्लासमा र १२ जुनमा श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ । त्यसपछि १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग वेष्टइण्डिजमा खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved