कर्णालीका मुख्यमन्त्री कँडेलले आज सानो आकारको मन्त्रिमण्डल गठन गर्ने

नेपालभ्युज

कर्णालीका मुख्यमन्त्री कँडेलले आज सानो आकारको मन्त्रिमण्डल गठन गर्ने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सानो आकारको मन्त्रिमण्डल आज गठन गर्ने भएका छन् ।

मुख्यमन्त्री कँडेलले एमाले र माओवादी केन्द्रका एक-एक सहभागी गराएर मन्त्रिमण्डल गठन गर्न लागेका हुन् ।

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले रणसिंह परियारलाई मन्त्रीमा पठाउने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

मन्त्रालय र बाँकी मन्त्रीको टुङ्गो मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिइसकेपछि छनोट गरिने माओवादीका नेताहरुले बताएका छन् ।

मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिएपछि मन्त्रिमण्डललाई पूर्णता दिने बताएका छन् ।

त्यस्तै, आज एक जना एमालेका तर्फबाट पनि मन्त्रिमण्डल सहभागी हुने सो पार्टीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved