कर्णालीमा मन्त्रिपरिषद् विस्तार, परियार बने विनाविभागीय मन्त्री

नेपालभ्युज

कर्णालीमा मन्त्रिपरिषद् विस्तार, परियार बने विनाविभागीय मन्त्री

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट विना विभागीय मन्त्री बनेका रनसिंह परियार पद तथा गोपनियताको शपथ लिएका छन् ।

उनलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।

गत चैत्र २७ गते मुख्यमन्त्री नियुक्त भएका कँडेलले १५ दिनपछि मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

सत्ता साझेदार दलविच मन्त्रालय भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्री विस्तारमा विलम्ब भएको हो ।

बिहीबार कँडेलले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved