अमेरिकाले पैसा बाँडेकोबारे अध्यक्ष लिङ्देनले राजदूत थम्पसनसँग राखे जिज्ञासा

नेपालभ्युज

अमेरिकाले पैसा बाँडेकोबारे अध्यक्ष लिङ्देनले राजदूत थम्पसनसँग राखे जिज्ञासा

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन(Rajendra Lingden)लाई भेटेका छन् ।

बुधबार बिहान राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष लिङ्देन र राजदूत थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

नेपालमा धार्मिक स्वतन्त्रता तथा नास्तिकता प्रवर्द्धन गर्न अमेरिकाले रकम बाँडेको अमेरिकी सिनेटरको बयानपछि उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा अध्यक्ष लिङ्देनले त्यसबारे राजदूत थम्पसनसँग जिज्ञासा राखेका थिए ।

जवाफमा थम्पसनले नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको भनेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

साथै, भेटमा द्विपक्षीय हितका विविध विषयमा पनि सौहार्दपूर्ण छलफल भएको श्रेष्ठले बताए ।

#RajendraLingden

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved