जापानी परराष्ट्रमन्त्री कामीकावा आगामी साता नेपाल आउने

नेपालभ्युज

जापानी परराष्ट्रमन्त्री कामीकावा आगामी साता नेपाल आउने

काठमाडौं । जापानका परराष्ट्रमन्त्री योको कामीकावा आगामी साता नेपाल आउने भएकी छन् ।

परराष्ट्रमन्त्री कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने तय भएको हो । जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री योको कामीकावाको नेपाल भ्रमण घोषणा गरेको हो ।

परराष्ट्रमन्त्री  कामीकावा  मे ५ तारिख नेपालको राजधानी काठमाडौंमा अवतरण गर्ने विदेश मन्त्रालयको सूचनामा उल्लेख छ ।

मन्त्रालयका अनुसार कामिकावाले नेपालसहित मदगास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र नेपालको भ्रमण गर्नेछिन् ।

परराष्ट्रमन्त्री कामिकावाले ‘ग्लोबल साउथ’ मा रहेका सात राष्ट्रहरूको समूहलगायत समान विचारधारा भएका देशहरूबीच सम्बन्ध विस्तारका लागि आफ्नो भ्रमण केन्द्रित रहने बताएकी छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved