इलाम-२ अपडेट : कांग्रेसलाई पछि पार्दै एमालेले लियो अग्रता

नेपालभ्युज

इलाम-२ अपडेट  : कांग्रेसलाई पछि पार्दै एमालेले लियो अग्रता

काठमाडौं । इलाम २ को पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ५ सय ४२ मतसहित अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २ हजार १ सय ९७ मतसहित नेम्वाङलाई पछ्याइरहेका छन् । यसअघि खड्काले अग्रता बनाएका थिए ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ सय ९३ मत र रास्वपाका मिलन लिम्बूले ३ सय ७९ मत प्राप्त गरेका छन् ।

फाकफोकथुम गाउँपालिकाको वडा नं. १, २, ३ र ४ को मतगणना सकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved