इलाम २ को प्रारम्भिक गणनामा घट्यो कांग्रेसको मत

नेपालभ्युज

इलाम २ को प्रारम्भिक गणनामा घट्यो कांग्रेसको मत

काठमाडौं । इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ ।

फाकफोकथुम गाउँपालिका १ र २ को मतगणमा सकिएको छ । फाकफोकथुम १ को मतगणना सकिँदा कांग्रेसका डम्बर खड्काले ६५७ मत ल्याउँदा एमालेका सुहाङ नेम्वाङको ५३४ मत ल्याए ।

यो वडामा स्थानीय तहको निर्वाचनमा कांग्रेसले वडाध्यक्ष जितेको थियो । वडा नम्बर १ मा कांग्रेसका कर्णवहादुर लिम्बूले ८०४ मत पाएर जित्दा एमालेका वेगबहादुर निरौलाले ४७७ मत पाएका थिए ।

त्यसबेला नेकपा एसले कांग्रेसलाई सघाएको थियो । यो वडामा अहिले नेकपा एसले कुनै मत ल्याउन सकेन । तर, कांग्रेसको पनि कम मत आयो ।

उपनिर्वाचनमा वडा नम्बर २ मा कांग्रेसका खड्काले ४९८, एमालेका नेम्वाङले ५३८  मत पाएका छन् । साथै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले  १ सय २६ मत र रास्वपाका मिलन लिम्बूले ९६ मत प्राप्त गरेका छन् ।

फाकफोकथुम २ मा पनि गत स्थानीय चुनावमा कांग्रेसले जितेको थियो । यहाँ कांग्रेसले ७१४ र एमालेले ७०७ मत ल्याएको थियो ।

अहिले उपनिर्वाचनमा एमालेले ५ सय ३८ ल्याउँदा कांग्रेसले ४ सय ९८ मत ल्याएको छ ।  दुई वडाको गणनासकिँदा कांग्रेसका खड्काले ११४५ र एमालेका सुहाङ नेम्वाङले १०६३ मत पाएका छन् ।

फाकफोकथुम गाउँपालिकामा गत स्थानीय चुनावमा कांग्रेस र माओवादी मिलेर लड्दा पनि अध्यक्ष उपाध्यक्ष सहितका पद भने एमालेले जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved