जनतालाई ठग्ने प्रणाली लोकतन्त्र हुन सक्दैनः अध्यक्ष साह

नेपालभ्युज

जनतालाई ठग्ने प्रणाली लोकतन्त्र हुन सक्दैनः अध्यक्ष साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा दलतन्त्र हाबी भएको भन्दै बदल्न जरुरी रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा साह नेतृत्वको आम जनता पार्टी (आजपा) र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जन एकता पार्टीबीच भएको एकता सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दलतन्त्रले जनतालाई ठगिरहेको आरोप लगाए । उनले नेपालको दलतन्त्रको शासनप्रणाली परिवर्तन गर्न जरुरी रहेको बताए। उनले दलीय शासन प्रणाली नेपालका लागि राम्रो नहुने बताए। उनले देशमा मुठिभर मान्छेहरुले राज गर्ने र बाँकी जनता शासित भएर हेर्नुपर्ने स्थिति रहेको भन्दै आफूहरुको आन्दोलन जनताले नै शासन गर्न पाउनुपर्नेका लागि रहेको बताए । उनले अहिलेको प्रणाली भनेको लोकतान्त्रिक प्रणाली नभएको जिकिर गरे । उनले जनतालाई दबाउने, जनतालाई ठग्ने प्रणाली लोकतन्त्र हुन नसक्ने बताए ।

उनले भने, ‘अहिले जुन दलतन्त्र र यो गलत मानिसहरुले नकाव बनाएर जनतालाई ठगिरहेका छन् । त्यसलाई चिर्न जरुरी छ । त्यसलाई बदल्न जरुरी छ । नेपालको यो शासन प्रणाली, जसलाई हामी दलतन्त्र भन्छौँ, पार्टीको शासन भन्छौँ, यसको विकल्प दिन जरुरी छ । पार्टी, पार्टीको दलीय शासन प्रणाली, पार्टीको सिन्डिकेट र पार्टी भित्र पनि निश्चित गुटको सिन्डिकेट छ । गुटका नेताहरु र उनीहरुका आसेपासेले देशमा मुठिभर मान्छेहरुले राज गर्ने र बाँकी जनता शासित भएर हेर्नुपर्ने स्थिति छ ।’

अध्यक्ष साहले बेइमानी राजनीतिलाई इमान्दार बनाउने काममा आफू लागेको बताए। उनले मतदातालाई देखाएको सपना निर्वाचित व्यक्तिले पूरा गर्न सक्नुपर्ने बताए। उनले आफ्नो दलले वैशाख २० गतेदेखि भन्सार विभाग घेराउ गर्ने पनि चेतावनी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved