उपनिर्वाचन शान्तिपूर्ण, इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदान : निर्वाचन आयोग

नेपालभ्युज

उपनिर्वाचन शान्तिपूर्ण, इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदान : निर्वाचन आयोग

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ  ।

आयोगका अनुसार  दुबै क्षेत्रमा ४ मंसिर २०७९ मा भएको निर्वाचनमा  भन्दा कम मतदान भएको छ ।

आयोगले शनिबार साँझ  पत्रकार सम्मेलन गरी  इलाम–२ मा ५८ प्रतिशत र बझाङ–१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ५० प्रतिशत मतदान भएको जानकारी दिएको  छ ।  आयोगले मतदानको विवरण आयोगको प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको पनि  बताएको छ ।

आयोगका अनुसार उपनिर्वाचनमा इलाम–२ मा १ लाख १५ हजार ८८९ मतदाता र बझाङ–१ प्रदेश सभा क्षेत्रमा ६१ हजार ७४८ मतदाता थिए । ४ मंसिर २०७९ मा इलाम– २ मा ५९ दशमलव ७८ प्रतिशत र बझाङ– १ प्रदेशसभा निर्वाचन क्षेत्रमा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो ।

इलाममा इलाम नगरपालिका– ७ स्थित गौतम बुद्ध सभागृहमा साँझ ११:०० बजेभित्र मतपेटिका संकलन हुने र  बझाङमा  आइतबार विहान १० बजेभित्र ढुवानी भइसक्ने व्यवस्था मिलाइएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

बझाङ जिल्ला साइपाल गाउँपालिकाको ३ स्थानका मतपेटिका हेलिकप्टरबाट ल्याउनुपर्ने आयोगको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved