इलाम २ मा अग्रता थप बढाउँदै एमाले उम्मेदवार सुहाङ, खड्का भन्दा ७८० मतान्तरले अगाडि

नेपालभ्युज

इलाम २ मा अग्रता थप बढाउँदै एमाले उम्मेदवार सुहाङ, खड्का भन्दा ७८० मतान्तरले अगाडि

इलाम । इलाम -२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता थप बढाउँदै लगेका छन् ।

फाकफोकथुम गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिएको छ ।

नेम्वाङले तीन हजार २४९ मत पाएका छन् भने कांग्रेसका खड्काले दुई हजार ४६९ मत पाएका छन् । उनले कांग्रेस उम्मेदवार डम्बर खड्काले भन्दा ७८० मत बढी पाएका छन् ।

तेस्रो स्थानमा रहेका पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ७०३ मत पाएका छन् ।

त्यस्तै चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ४३४ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved