पल र पूजाको सम्बन्ध एकवर्षपछि पुरानै अवस्थामा, मध्यरात दिइन् पललाई जन्मदिनको शुभकामना

नेपालभ्युज

पल र पूजाको सम्बन्ध एकवर्षपछि पुरानै अवस्थामा, मध्यरात दिइन् पललाई जन्मदिनको शुभकामना

काठमाडौं । अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहको सम्बन्धमा सुधार आएको छ । पल शाह जेलबाट निस्किएदेखिको झन्डै एक वर्षको यो बीचमा उनीहरूबीच बोलचाल थिएन ।

दुई महिनाअघि बहिनीको बिहेमा समेत पलले पूजालाई निम्तो दिएका थिएनन् । तर, अहिले भने दुईबीच सम्बन्ध सुधार भएको देखिएको छ ।

पलविरुद्ध बलात्कार मुद्दा परेपछि पूजा उनको पक्षमा खुलेर उत्रिएकी थिइन् । गत वर्षको जन्मदिनमा पल जेलभित्रै थिए । पूजा केक बोकेर काठमाडौंबाट जेलभित्रै पुगेकी थिइन् । पछि भने सम्बन्धमा दरार आएको थियो । तर, जेलबाट छुटेपछि पलले भने पूजालाई भेट्न मागेका थिएनन् । त्यसपछि दुईबीच सबन्धमा दरार आएको थियो ।

पूजा शर्माले मध्यरात ठिक १२ः०० बजे स्टटास पोस्ट गर्दै पललाई जन्मदिनको शुभकामना दिएकी छन् । उनको शुभकामना सन्देशले दुईबीचको पुरानो तुष मेटिएको सन्देश दिन्छ ।

कुनै पल पलसित आफू रिसाए पनि अहिले मित्रता झनै मजबुत भएको उनले बताएकी छन् ।

उनले लेखेकी छिन्, ‘‘जिन्दगीको गोरेटोमा हामीले सहयात्रा गर्दै गर्दा कैयौँ बाधा आए । कति पटक हामी एकसाथ रोयौँ र कहिले एकसाथ हाँस्यौँ पनि । कुनै पल तिमीसँग म रिसाएँ, कहिले तिमी मसँग रिसायौ । तर, पनि हामीले हाम्रो चोखो मित्रतालाई टुट्न दिएनौँ । आज हाम्रो मित्रता अझै मजबुत भएको छ । तिमी बलियो भएका छौँ । तिमीले दर्शकबाट पाएको अथाह प्रेम देख्दा म आफू नै हर्षित भएकी छु । ‘म यस्तो गीत गाउँछु’ बाट सुरु भएको हाम्रो फिल्मी यात्रा ‘म यस्तो गीत गाउँछु २’ हुँदै अझै अगाडि बढ्दैछ । आज तिम्रो विशेष दिनमा म धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु । तिमीले चालेका हरेक कदमले सफलता चुमोस् । जन्मदिनको धेरै धेरै शुभकामना ।’’

पूजाको स्ट्याटसमा पलले पनि जवाफ दिएका छन् । उनले लेखेका छन्, ‘धेरै धन्यवाद प्रिय पूजा (छाया) तिम्रो न्यानो शुभकामनाका लागि ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved