सलमानको घरमा गोली चलाउने सुटरको १८ राउन्ड गोली कहाँ हरायो ?

नेपालभ्युज

सलमानको घरमा गोली चलाउने सुटरको १८ राउन्ड गोली कहाँ हरायो ?

काठमाडौं । अप्रिल १४ मा बिहान ५ बजे बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलेको थियो । यस विषयमा आज अदालतमा सुनुवाइ भएको छ ।

बयानका क्रममा अनुसन्धान अधिकारीले सलमानको घरमा गोली हानिएपछि आरोपीले तीन पटक लुगा र जुत्ता लगायतको रूप परिवर्तन गरेको बताएका छन् ।

प्रहरीको अपराध शाखाले ती कपडा र जुत्ताको खोजी गरिरहेको छ । यति मात्र होइन पक्राउ परेका दुवै अभियुक्तले साथमा २ थान पेस्तोल र ४० राउन्ड गोली ल्याएका थिए ।

अभियुक्तले ५ राउण्ड गोली हानेका थिए, १७ राउन्ड गोली फेला परेका छन् भने बाँकी १८ राउन्डको खोजी भइरहेको अनुसन्धान अधिकारीले बयानमा भनेका छन् ।

सरकारी वकिलले दुवै अभियुक्त बिहारका बासिन्दा रहेको बताएका छन् । अभियुक्तलाई कसले आर्थिक सहयोग गर्‍यो भनेर खोजी भइरहेको छ ।

अभियुक्तको खानसँग कुनै शत्रूता नभएको भन्दै उनीहरूले उनको घरमा किन गोली चलाएको भन्ने खोजी भइरहेको सरकारी वकिलले बताएका छन् ।

सोही क्रममा अभियुक्तका वकिलले पक्राउ परेदेखि नै दुवै अभियुक्तले अनुसन्धानमा सहयोग गरिरहेको बताएका छन् । त्यसैले दुवै अभियुक्तलाई न्यायिक हिरासतमा पठाउन अदालतसँग अनुरोध गरेका छन् ।

दुवै अभियुक्तको मोबाइल फेला पारेको अनुसन्धान अधिकृतले बताएका छन् ।

सरकारी वकिलले दुवै अभियुक्तलाई थप ४ दिन प्रहरी हिरासतमा राख्न माग गरेका थिए । अदालतले अभियुक्त विक्की गुप्ता र सागर पाललाई २९ अप्रिलसम्म क्राइम ब्रान्चको हिरासतमा पठाएको छ ।

मुम्बई क्राइम ब्रान्चको टोलीले घटनाको पहिलो दिनदेखि नै उक्त हतियारको खोजी गरिरहेको थियो।

वास्तवमा गोली हान्ने विक्की गुप्ता र सागर पाल सोधपुछका क्रममा उनीहरू घटनापछि मुम्बईबाट भागेर सुरत पुगेका थिए । त्यसपछि उनीहरू दुबैजना रेलबाट भुजतर्फ गइरहेका थिए । जब उनीहरूले पेस्तोल रेलवे पुलबाट तापी नदीमा फ्याँकेका थिए ।

विक्की र सागरले अप्रिल १४ मा मुम्बईको बान्द्रा इलाकामा रहेको ग्यालेक्सी अपार्टमेन्टमा रहेको ५८ वर्षीय सलमान खानको घरबाहिर गोली हानेपछि मोटरसाइकलमा भागेका थिए ।

प्राविधिक निगरानीको आधारमा उनीहरूलाई अप्रिल १६ मा मुम्बई र कच्छ प्रहरीको संयुक्त टोलीले गुजरातको भुज सहर नजिकैको माता मन्दिर परिसरबाट पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved