मलाई जीवनसाथी चाहिएको छ : मनीषा कोइराला

नेपालभ्युज

मलाई जीवनसाथी चाहिएको छ : मनीषा कोइराला

काठमाडौं । बलिउड अभिनेत्री मनीषा कोईरालाले आफूलाई जीवन साथीको आवश्यकता बताएकी छन् ।

भारतीय ‘जुम टीभी’सँगको अन्तर्वार्तामा उनले आफ्नो व्यक्तिगत जीवनबारे बताएकी हुन् । एउटा मन मिल्ने जीवनसाथी भएको भए जिन्दगी निकै रमाइलो हुने कोईरालाको भनाई छ ।

नेपाली व्यवसायी सम्राट दाहालसँग सम्बन्ध विच्छेद र आफूलाई लागेको क्यान्सर रोगलगायतको बारेमा दिएको अभिव्यक्तिले कोइराला चर्चामा रहन्छिन् ।

तपाईं फेरि प्रेम वा जीवनसाथी बनाउने सोचमा हुनुहुन्छ भन्ने प्रश्नमा कोईरालाले भनिन्, ‘म झुट बोल्दिनँ। मलाई लाग्छ, मेरो जीवनमा एक पुरूष साथी भएको भए, सायद राम्रो महसुस हुने थियो । मेरो भाग्यमा लेखेको भए पाउँछु, होइन भने त्यो पनि ठीक छ।’

कोईरालाले दाहालसँग विवाह गरेको दुई वर्षमै सम्बन्धविच्छेद गरेकी थिइन् ।

उनले हाल भारतीय फिल्म निर्देशक सञ्जय लीला भन्सालीको शृंखला ‘हीरामान्डी : द डायमन्ड बजार’मार्फत् लामो समयपछि पर्दामा ‘कमब्याक’ गरेकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved