शाहिद कपूरमाथि थप्पड हान्न मन थियो कियारालाई

नेपालभ्युज

शाहिद कपूरमाथि थप्पड हान्न मन थियो कियारालाई

एजेन्सी । बलिउड अभिनेता शाहिद कपूरले आफ्नो दुई दशकभन्दा लामो फिल्मी करिअरमा कयौं हिट फिल्म दिएका छन् ।

सन् २००३ मा फिल्म इश्कविश्कबाट बलिउडमा उनले कदम राखेका थिए । यो फिल्मका लागि अभिनेताले बेस्ट मेल डेब्यू फिल्मफेयर अवार्ड पनि प्राप्त गरेका थिए ।

शाहिदको पहिलो सुपरहिट फिल्म ‘विवाह’ सन् २००६ मा रिलिज भएको थियो । तर, उनको करिअरको सबैभन्दा सफल फिल्म तेलुगूको ‘अर्जुन रेड्डी’ को रिमेक ‘कबीर सिंह’ रहेको छ ।

यो फिल्ममा शाहिदसँग कियारा आडवाणी देखिएकी थिइन् । फिल्मको सेटमा केही त्यस्तो घटना भएको थियो, जहाँ कियारालाई एकदमै रिस उठेको थियो ।

शाहिद र कियाराको जोडीलाई दर्शकले एकदमै मन पराएका थिए । तर, के तपाईंलाई थाहा छ सेटमा केही त्यस्तो भएको थियो कियारालाई शाहिदमाथि हात उठाउन मन लागेको थियो । जानौं उक्त किस्साबारे ।

फिल्ममा कबीर सिंहको पागलपनपूर्ण प्रेमकथा दर्शकलाई एकदमै मन परेको थियो । तर, फिल्म निर्माणको क्रममा पर्दापछाडि पनि झन्डै लडाइँ परेको थियो । यसबारे कियाराले कफी विद करणको एउटा एपिसोडमा भनेकी छन् ।

अभिनेत्रीका अनुसार सुटिंगका क्रममा पूरा आठ घण्टासम्म निर्माताले यही निर्णय लिन सकेनन् कि शाहिदले अर्को सिनमा कुन जुत्ता लगाउनेछन् ? कियाराका अनुसार जुत्ताका लागि मात्र यति समय दिएकोमा शाहिदमाथि नै थप्पड हान्न मन लागेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved