अफवाहबाट बच्न अदितीले प्रेमी सिद्धार्थसँग गरिन् इन्गेजमेन्ट

नेपालभ्युज

अफवाहबाट बच्न अदितीले प्रेमी सिद्धार्थसँग गरिन् इन्गेजमेन्ट

काठमाडौं । बलिउड अभिनेत्री अदिति राव हैदरीले नायक सिद्धार्थसँग मार्च २८ मा इन्गेजमेन्ट गरेकी हुन् ।

अभिनेत्री हैदरीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् ।

साथै, बलिउड बबलसँगको कुराकानीमा हैदरीले आमाको आग्रहमा आफूले इन्गेजमेन्ट गरेको बताइन् ।

अदितिले चार सय वर्ष पुरानो पारिवारिक मन्दिरमा पूजा गरेर त्यहीँ इन्गेजमेन्ट गरेको बताइन् ।

हैदरीले भनिन्, ‘मेरो जीवनमा जे पनि विशेष हुन्छ, त्यसको सुरूवात मैले विशेष ठाउँबाट गर्नुपरेको थियो । हामीसँग तेलंगानामा एउटा पारिवारिक मन्दिर छ, श्री रंगापुर मन्दिर, जुन ४०० वर्ष पुरानो छ। म त्यहाँ गएर विशेष पूजा गरेँ र हामी त्यहीँ इन्गेजमेन्ट गर्यौँ ।’

हाम्रो प्रेम सम्बन्धबारे धेरै किसिमका अफवाहहरू हुन थाल्यो । जसबाट बच्न आमाले आफूलाई इन्गेजमेन्ट गर्न भनेको हैदरीले भनिन् ।

हैदरी र सिद्धार्थले सन् २०२१ मा एकअर्कालाई डेट गर्न थालेका थिए।

हैदरी हालै रिलिज भएको वेब सिरिज हिरामण्डीमा अभिनय गरेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved